नेप्सेमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक रु आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक रु सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : ३० बजे

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका