विश्वभर २४ घण्टामा ४ लाख ३४ हजारमा संक्रमण « Khabarhub

विश्वभर २४ घण्टामा ४ लाख ३४ हजारमा संक्रमण


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन ४ लाख ३४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजार २१३ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १४ लाख ५९ हजार २११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८७ हजार ४१८ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ७९७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६४५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८५ लाख ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४३ हजार ७१५ जनाको मृत्यु भएको छ । ७५ लाख १३ हजार ५४६ जना संक्रमित भएकोमा ३३ लाख ५ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : ५० बजे

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६