अमेरिकामा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २७ हजारको मृत्यु « Khabarhub

अमेरिकामा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २७ हजारको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८५ लाख ८४ हजार ८१९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख २ हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख ५५ हजार २९४ जनामध्ये १५ हजार ६८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार थप १ हजार २२५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २७ हजार ४०९ पुगेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ४० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा