अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ४ करोडभन्दा बढीले गरे अग्रिम मतदान « Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ४ करोडभन्दा बढीले गरे अग्रिम मतदान


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीले अमेरिकामा हुलाकमार्फत पनि मतदानको व्यवस्था भएपछि ४ करोडभन्दा बढीले राष्टपति चुनावमा अग्रिम मतदान गरेका छन् ।

अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गरेको निर्वाचन आयोगलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित आम चुनाव हुँदैछ । राष्ट्रपति चुनावमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र  डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।

पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् । तर, केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता एकदमै कम छ ।

चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ ।

सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो । अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ८ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु