युरोपा लिगमा एसी मिलानको विजयी सुरूवात « Khabarhub

युरोपा लिगमा एसी मिलानको विजयी सुरूवात


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको आफ्नो पहिलो खेलमा सेल्टिकलाई ३-१ गोलले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो ।

सेल्टिक मैदानमा राडे क्रुनिकले १४औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै अग्रता २-० को बनाए ।

खेलको ७६औं मिनेटमा मोहमेद एल्यौनोसीले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काउने कोशिस गरे ।

तर, ९०औं मिनेटमा जेन्स पिटर हउगेले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै समूह ‘एच’ को मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ०१ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र