प्रिमियर लिग : एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित | Khabarhub Khabarhub

प्रिमियर लिग : एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ ।

लिड्ससँग हारेसँगै एस्टनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा एस्टनसँग ३-० ले पराजित भएको हो ।

लिड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् ।

पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ ।

जितपछि तेस्रो स्थानको लिड्सको ६ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : ०२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन