विश्वभर एकैदिन ४ लाख ८९ हजारमा संक्रमण, २ लाख ३९ हजार निको « Khabarhub

विश्वभर एकैदिन ४ लाख ८९ हजारमा संक्रमण, २ लाख ३९ हजार निको


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन ४ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८९ हजार ७५७ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड २४ लाख ६९ हजार ७८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५८४ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २२ हजार ३५३ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ५२६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार ११८ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख १३ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ५५ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४७ हजार ४८८ जनाको मृत्यु भएको छ । ७९ लाख ८८ हजार ५१२ जना संक्रमित भएकोमा ३३ लाख ८६ हजार ७५९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : १४ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात