एम्बाप्पे र किनको गोलमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पे र किनको गोलमा पीएसजीको शानदार जित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जित हात पारेको छ ।

इटालियन फरवार्ड मोइस किन र केलियन एम्बाप्पेले समान दुई गोल गरेपछि फ्रान्सेली लिगको पुछारमा रहेको डिजोन ४-० ले पराजित भयो ।

शनिबारको खेलमा किनले पीएसजीबाट आफ्नो पहिलो र दोस्रो गोल गरेका हुन् । उनले बाकेरको सहयोगमा तेस्रो मिनेटमा नै गोल गरी टिमलाई अग्रता दिलाएकोमा २३औँ मिनेटमा नेयमारको सहयोगमा दोस्रो गोल गरे ।

८२औँ मिनेटमा नेयमारकै पासमा गोल गरेका एमबाप्पेले  सराबियाको सहयोगमा ८८औँ मिनेटेमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

जितपछि शीर्ष स्थानमा पुगेको पीएसजीको ८ खेलबाट १८ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ४४ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते