अन्तर्राष्ट्रिय गोजिरियो कराँते प्रतियोगिता जेठमा, ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय गोजिरियो कराँते प्रतियोगिता जेठमा, ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तर्राष्ट्रिय गोजिरीयो कराँते प्रतियोगिता जेठ पहिलो साता हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय कराते दो संघ नेपाल, सुदुरपश्चिम प्रदेशले प्रतियोगिता जेष्ठ ९ गतेदेखि ११ गते सञ्चालन हुने जानकारी दिएको हो ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रवादी विकासशील अभियान रहेको आयोजकले जानकारी दिएको छ । राष्ट्रवादी अभियानले प्रतियोगिताका लागि ८ लाख सहयोग गर्ने छ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीको सहभागिता रहनेछ । यसैगरी ६ देशका सबै खेलाडी गरी एक हजार प्रतियोगी प्रतियोगितामा सहभागी हुने आयोजकको दावी गरेको छ ।

प्रतियोगितामा खेलाडीले विभिन्न ४० विधामा प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक तथा राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए । यस्तै, खेलाडीहरुले ४० स्वर्ण, ४० रजत र ४० कास्य पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नवौं संस्करणसम्म आइपुग्दा प्रतियोगिताले गोजिरियोतर्फ राष्ट्रिय टोलीसम्म क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको महासचिव चन्दले बताए ।

कार्यक्रममा उपस्थित नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले प्रतियोतिाका लागि १५ हजार नगद सहयोग गरे । प्रतियोगिताको अनुमानित लागत ४१ लाख ९१ हजार रहेको जानकारी दिएको आयोजकलले नगरपालिका तथा स्थानीय व्यापारीक क्षेत्रमार्फत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : ०३ बजे

जेन-जीका नाममा अनलाइनमार्फत चन्दाको धन्दा, पारदर्शितामा प्रश्न

काठमाडौं– राजधानीको माइतीघर मण्डलामा २३ भदौमा युवा पुस्ताद्वारा आयोजना गरिएको

प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी

भक्तपुर– जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने

काठमाडौं– भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना

रोकिराखेको ट्रकमा बस ठोकिँदा दुई जनाको मृत्यु, २२ घाइते

इनरुवा– यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई

कास्की कारागारबाट भागेका ३४८ जना फर्किए

गण्डकी–  ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय