मान्यजनबाट आज पनि टीका लगाइँदै, कोरोनाले चहलपहल कम | Khabarhub Khabarhub

मान्यजनबाट आज पनि टीका लगाइँदै, कोरोनाले चहलपहल कम


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मान्यजनका हातबाट आज पनि दशैँको टीका र जमरा लगाउने क्रम जारी छ ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टिका लगाइँदैछ ।

पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दशैँको टीका लगाइएको छ ।

दशैँका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गएरातिबाट मात्र टीका लगाउन सुरु भएको छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन सुरु गरेका पूजारी भानुचन्द्र उपाध्यायले बताए ।

बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ । नेपालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भर्चुअल माध्यमबाटै टीका लगाउन आह्वान गरेको थियो । महामारीको जोखिमले सर्वसाधारणले सरकारी आह्वानको पालना गरेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : २६ बजे

निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति  

काठमाडौं– चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल कलेजमा एमबीबीएस र

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर– दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक

पुटिनसँग भेट गर्ने जेलेन्स्कीको इच्छा

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।  उक्त