मान्यजनबाट आज पनि टीका लगाइँदै, कोरोनाले चहलपहल कम « Khabarhub

मान्यजनबाट आज पनि टीका लगाइँदै, कोरोनाले चहलपहल कम


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मान्यजनका हातबाट आज पनि दशैँको टीका र जमरा लगाउने क्रम जारी छ ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टिका लगाइँदैछ ।

पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दशैँको टीका लगाइएको छ ।

दशैँका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गएरातिबाट मात्र टीका लगाउन सुरु भएको छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन सुरु गरेका पूजारी भानुचन्द्र उपाध्यायले बताए ।

बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ । नेपालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भर्चुअल माध्यमबाटै टीका लगाउन आह्वान गरेको थियो । महामारीको जोखिमले सर्वसाधारणले सरकारी आह्वानको पालना गरेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : २६ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट