अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने « Khabarhub

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए ।

सिरहाको गोलबजार नगरपालिकामा १५ शय्याको सुविधासम्पन्न अस्पताल र असहाय सेवा सदन भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले फरक क्षमता भएका व्यक्तिलाई अवसरको सिर्जना तथा आश्रित र अपाङ्गता भएका व्यक्तिको जीवननिर्वाह, महिला हिंसा अन्त्य, बालबालिका शिक्षा, वृद्धवृद्धाको सम्मानपूर्वक बाँच्ने अधिकारलगायत विषयमा मन्त्रालयले ठोस योजना बनाइरहेको बताए ।

कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गर्ने गोलबजार नगरपालिकाका व्यवसायी केदार श्रेष्ठ, हीरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

बुवा शिवनाथ र आमा सन्तमाया श्रेष्ठका स्मृतिमा श्रेष्ठ दाजुभाइले १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि १५ कठ्ठा १० धुर र असहाय वृद्ध सेवा सदन निर्माणका लागि सात कठ्ठा १० धुर जग्गादान गरेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ०० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार