अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने « Khabarhub

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए ।

सिरहाको गोलबजार नगरपालिकामा १५ शय्याको सुविधासम्पन्न अस्पताल र असहाय सेवा सदन भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले फरक क्षमता भएका व्यक्तिलाई अवसरको सिर्जना तथा आश्रित र अपाङ्गता भएका व्यक्तिको जीवननिर्वाह, महिला हिंसा अन्त्य, बालबालिका शिक्षा, वृद्धवृद्धाको सम्मानपूर्वक बाँच्ने अधिकारलगायत विषयमा मन्त्रालयले ठोस योजना बनाइरहेको बताए ।

कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गर्ने गोलबजार नगरपालिकाका व्यवसायी केदार श्रेष्ठ, हीरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

बुवा शिवनाथ र आमा सन्तमाया श्रेष्ठका स्मृतिमा श्रेष्ठ दाजुभाइले १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि १५ कठ्ठा १० धुर र असहाय वृद्ध सेवा सदन निर्माणका लागि सात कठ्ठा १० धुर जग्गादान गरेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ०० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा