साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजार संक्रमितको मृत्यु « Khabarhub

साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजार संक्रमितको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार २३ संक्रमितको मृत्यु भएको छ ।

यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो । त्यसपछि अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो।

त्यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा आठ हजार ५१४ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा ७ हजार २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ७१ हजार २७१ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६ लाख २० नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ४२ लाख ३४ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७९ हजार ८८७ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ७४३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २४ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९० लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ८८ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ४० हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५४ हजार ९८४ जनाको मृत्यु भएको छ । ८८ लाख ५७ हजार ३२६ जना संक्रमित भएकोमा ३५ लाख ४८ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन् । स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ । इटालीले पनि नयाँ नियमहरू सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ३५ बजे

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार, भोलिदेखि थप चुनावी प्रचार

चितवन– आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ

महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि

‘महाशिवरात्रि’ धार्मिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पवित्र पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु