साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजार संक्रमितको मृत्यु « Khabarhub

साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजार संक्रमितको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार २३ संक्रमितको मृत्यु भएको छ ।

यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो । त्यसपछि अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो।

त्यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा आठ हजार ५१४ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा ७ हजार २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ७१ हजार २७१ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६ लाख २० नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ४२ लाख ३४ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७९ हजार ८८७ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ७४३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २४ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९० लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ८८ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ४० हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५४ हजार ९८४ जनाको मृत्यु भएको छ । ८८ लाख ५७ हजार ३२६ जना संक्रमित भएकोमा ३५ लाख ४८ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन् । स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ । इटालीले पनि नयाँ नियमहरू सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ३५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा