देशभर ७२ संक्रमित भेन्टिलेटरमा, २९० को आइसियुमा उपचार हुँदै  « Khabarhub

देशभर ७२ संक्रमित भेन्टिलेटरमा, २९० को आइसियुमा उपचार हुँदै 


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७२ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७८ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ५ : ३० बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय