बन्द प्रशिक्षण सुरू गर्दै नेपाली राष्ट्रिय फुटबल टोली « Khabarhub

बन्द प्रशिक्षण सुरू गर्दै नेपाली राष्ट्रिय फुटबल टोली


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।

बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको प्रशिक्षण आजदेखि हुने टीम व्यवस्थापक मधुसूदन उपाध्यायले बताएका छन्।

नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ।

मंगलबार मात्रै एन्फाले बंगलादेश टुरका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइसकेको छ।

मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेको र नेपाल आउन समस्या भएपछि महर्जनलाई जिम्मेवारी दिएको हो।

अघिल्लो वर्ष नोभेम्बरमा नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेल खेलेको थियो।

नेपालले भुटानलाई न्युट्रल भेन्यु बनाएर नोभेम्बरमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको थियो। झण्डै १ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ११ बजे

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड