बन्द प्रशिक्षण सुरू गर्दै नेपाली राष्ट्रिय फुटबल टोली « Khabarhub

बन्द प्रशिक्षण सुरू गर्दै नेपाली राष्ट्रिय फुटबल टोली


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।

बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको प्रशिक्षण आजदेखि हुने टीम व्यवस्थापक मधुसूदन उपाध्यायले बताएका छन्।

नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ।

मंगलबार मात्रै एन्फाले बंगलादेश टुरका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइसकेको छ।

मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेको र नेपाल आउन समस्या भएपछि महर्जनलाई जिम्मेवारी दिएको हो।

अघिल्लो वर्ष नोभेम्बरमा नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेल खेलेको थियो।

नेपालले भुटानलाई न्युट्रल भेन्यु बनाएर नोभेम्बरमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको थियो। झण्डै १ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ११ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि