सफलताको सूत्र– सम्बन्ध नतोड्नुहोस् « Khabarhub

सफलताको सूत्र– सम्बन्ध नतोड्नुहोस्


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक बालक पुत्रले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने ।

एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा खुला चौरमा लगे । चौरमा पुगेपछि पिताले चंगा उडाउन सुरु गरे । एकैछिनमा चंगा निकै माथि पुग्यो ।

बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ ।

उडिरहेको चंगा चुपचाप हेरिरहेका पुत्रले पितासित भने– बाबा, यो धागोले गर्दा चंगा धेरै माथि जान सकेन । धागो चुँडालिदिऊँ न ! सायद धागो चुँडालिदिएपछि यो धेरै माथि पुग्छ होला । पिताले पुत्रको चाहनाअनुरुप चंगाको धागो चुँडालिदिए । धागो चुँडिएपछि चंगा केहीबेर हावामा लहरायो र केही पर पुगेर भुइँमा खस्यो ।

यो देखेर पुत्र छक्क परे । पिताले उनलाई जीवन दर्शन सम्झाउँदै भने– बाबु, जिन्दगीमा हामी पनि यो चंगाजसरी नै सफलताको उच्च श्रेणीमा पुग्न सक्छौँ ।

त्यहाँ पुगेपछि हामीलाई लाग्न थाल्छ कि कुनै न कुनै बन्धनले आफूलाई माथि जानबाट रोकिरहेको छ । जस्तो कि घर, परिवार, अनुशासन, माता, पिता, आफन्त, साथीसँगी आदि । थप सफलताको बिन्दुमा पुग्न हामी यी सबको बन्धन चुँडालेर स्वतन्त्र हुन खोज्छौँ ।

वास्तवमा त्यो बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ । तर, जब हामीलाई लाग्न थाल्छ कि यो सब बन्धन चुँडालेर म अझै माथि पुग्न सक्छु, त्यतिखेर हाम्रो हविगत पनि यही चंगाको जस्तै हुनेछ । त्यसैले, तिमी जीवनमा जतिसुकै सफल भए पनि यो धागोसितको नाता कहिल्यै चुँडिन नदिनू ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ११ : ३५ बजे

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६