प्रधानमन्त्री ओलीको बोलीले बालमनोविज्ञानमा असर : कांग्रेस « Khabarhub

प्रधानमन्त्री ओलीको बोलीले बालमनोविज्ञानमा असर : कांग्रेस


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको केही दिन अघि काँग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले यस्ता अभिव्यक्तिले बाल मनोविज्ञानमा असर पर्ने भन्दै टेलिभिजन च्यानल बन्द गर्ने अवस्था आएको दावी पनि गरे । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न पनि सचेत गराए ।

पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संविधानको भावना विपरित संवैधानिक निकायमा नियुक्त गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रिय सहमतिका साथ संवैधानिक निकायमा नियुक्त गर्न संवैधानिक परिषदको कल्पना गरिएपनि सरकारले सो अनुसार काम गर्न नचाहेको आरोप लगाए ।

काँग्रेसले २०७५ सालको सुरुवाती दिन आशा गर्न लायक भएपनि सरकारका गतिविधिले त्यसलाई निराशामा परिणत गरिदिएको दावी पनि गरेको छ । प्रवक्ता शर्माले सरकारले संघीयताको कार्यान्वयन, कर्मचारी समायोजन, शान्ति सुरक्षा कुनै पनि काम अपेक्षा अनुसार गर्न नसकेको निष्कर्ष पार्टीको रहेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : २१ बजे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका