भिटेनले मागे माफी, अब 'पारा' गीत संशोधन गरेर ल्याइने | Khabarhub Khabarhub

भिटेनले मागे माफी, अब ‘पारा’ गीत संशोधन गरेर ल्याइने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- र्‍यापर भिटेन अर्थात समिर घिसिङले आफ्नो नयाँ र्‍याप ‘पारा’ संशोधनसहित नयाँ म्यूजिक भिडियो ल्याउने भएका छन्।

आज विज्ञप्ति जारी गर्दै उनले गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुका कारण पर्न गएको असुविधा तथा चोट प्रति क्षमा माग्दै संशोधित नयाँ म्युजिक भिडियो ल्याउन जनाएका छन् ।

उनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिने उल्लेख गरेका छन्।

“सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।”

उनको गीतमा केही अश्लिल शब्द प्रयोग गरिएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गराएका थिए। युट्युबको ट्रेण्डिङ एकमा रहेको उक्त गीतमा १० लाखभन्दा बढी भ्यूज गइसकेको थियो। विवादमा मुछिएपछि उनले १३ गते नै उक्त गीत युट्युबबाट हटाइसकेका छन्।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ३७ बजे

प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादीमा प्रवेश

काठमाडौं– प्रविधि र उद्यमशीलतामा सक्रिय युवा नेकपा (माओवादी केन्द्र) मा

निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य ‘नगरकोट’

काठमाडौं–  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले

मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा (तस्बिरहरू)

काठमाडौं– मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा गरिएको छ

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अन्तर्राष्ट्रिय समितिमा छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सौर्य एयरलाइन्सको दुर्घटना

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात  

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका भित्रका स्थानीय कृषक तरकारी तथा आलुखेतीमा