आईपीएल क्रिकेट : प्ले अफ पुग्न हैदाराबादलाई जित्नै पर्ने दबाब « Khabarhub

आईपीएल क्रिकेट : प्ले अफ पुग्न हैदाराबादलाई जित्नै पर्ने दबाब


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा प्ले अफ पुग्ने चौथो टोलीको आज टुंगो लाग्दैछ ।

लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ । यो खेलको नतिजाले प्ले अफ पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ ।

आजको खेल जितेमा हैदराबाद अन्तिम चारमा पुग्नेछ । हारको खण्डमा भने कोलकाता नाइट राईडर्सले प्ले अफको मौका पाउनेछ ।

मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।  कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगिसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ०७ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब