स्मिथ र वार्नरको पुनरामगनमा कप्तान आरोन खुसी « Khabarhub

स्मिथ र वार्नरको पुनरामगनमा कप्तान आरोन खुसी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्ट्रेलियाका कप्तान आरोन फिन्चले पूर्व कप्तान स्टेभन स्मिथ र उप–कप्तान डेभिड वार्नरको पुनरागमनले टिम बलियो भएको प्रतिक्रिया दिएका छन् । उनले स्मिथ र वार्नरको आगमनले टोली अझै बलियो भएको बताउँदै विश्वकप क्रिकेटमा आत्मविश्वासका साथ मैदान उत्रिने पनि बताएका छन् । फिन्चले उनीहरु टिममा पर्दा आफु खुसी भएको पनि बताए ।

आईसीसीसँगको कुराकानीमा कप्तान फिन्चले अनुभवी खेलाडीको आगमनले टोलीको आत्मविश्वास बलियो रहेको बताए । अस्ट्रेलियाले सोमबार आईसीसी विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । जसमा विगत एक वर्षदेखि क्रिकेट अस्ट्रेलियाको प्रतिबन्धमा परेका खेलाडी स्मिथ र वार्नरको पुनरागमन भएको थियो ।

प्रतिबन्धका दौरान विभिन्न फ्रेन्चाईज लिग क्रिकेट खेले पनि स्मिथ र वार्नरका लागि पुनरागमन पछिको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता भने विश्वकप हो ।
‘मेरो बारेमा कुरा गर्ने हो भने पछिल्लो १ वर्षमा उनीहरु प्रतिबन्धमा रहँदा पनि मैले हरेक विषयमा उनीहरुसँग कुरा गर्ने गरेको छु,’ कप्तान फिन्चले भने,‘टिमका लागि आवश्यक खेलाडी हुन् । आवश्यक पर्दा जतिखेर पनि जस्तो सुकै चुनौति सामना गर्न तयार हुन्छन् । यो नै उनीहरुलाई टिममा पर्नुको मुख्य कारण हो ।’

फिन्चले अगाडि भने,‘उनीहरुलाई मैले जानेसम्म अहिलेसम्म कहिलै पनि कुनै खोट भेटेको छैन् । उनीहरु साच्चीकै महान खेलाडी हुन् । उनीहरुमा त्यस्तो कुनै समस्या देखेको छैन् ।’

फिन्चको नेतृत्वमा अस्ट्रेलियाले राम्रो शुरुवात गरेको छ । सीमित ओभरको कप्तानी आरोन फिच्नले पाउँदा टेष्ट क्रिकेटको कप्तनी टिम पाइनेले गरिरहेका छन् । त्यस्तै, मुख्य प्रशिक्षकको जिम्मेवारी जस्टीन लाङ्गरले गरिरहेका छन् ।

खेलाडी छनोट समितिका प्रमुख ट्रेभोर हर्नसले स्मिथ र वार्नरबाट क्रिकेट अस्ट्रेलियाले के अपेक्षा गरेको छ भन्ने विषयमा दुवै खेलाडी जानकार रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ५९ बजे

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा

इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक (तस्बिरहरू)

गोरखा– गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य,