भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा | Khabarhub Khabarhub

भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।

भारतीय वायु सेनाको विमानमार्फत उनी त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएका हुन् ।

सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा नरवाणेको स्वागत गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।

नेपाल भ्रमणमा रहेका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने छन् ।

उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा छ ।

भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो ।

त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा संवाद नभइरहेका बेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : १२ बजे

‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन्

काठमाडौं- पाथीभरमा केबलकार निर्माणविरुद्ध आन्दोलितहरूले सोमबार राति रुख ढालेर मेची

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

सुर्खेत– कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल

स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं– स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्

बागमती प्रदेशसभाका सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि सर्वदलीय बैठक