आईसीसी यु–१९ विश्वकप एसिया छनोट : ओमानसँगको खेलमा नेपाल १५० रनले विजयी | Khabarhub Khabarhub

आईसीसी यु–१९ विश्वकप एसिया छनोट : ओमानसँगको खेलमा नेपाल १५० रनले विजयी


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले ओमान यु–१९ विरुद्ध शानदार जीत हासिल गरेको छ ।

मलेसियाको एसटिसी मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.१ ओभरसम्म खेलेपनि नेपाली बलरसामू ब्याट्सम्यान चल्न नसक्दा ७९ रन मात्रै बनाउन सक्यो ।

ओमानविरुद्ध नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरे । यसअघिका खेलमा पनि राम्रो बलिङ गरिरहेका पवन शरार्फले ओमानविरुद्ध ३ विकेट लिए ।

ओमानविरुद्ध १० ओभर बलिङ गरेका पवन शरार्फले २४ रन खर्चेर ३ विकेट लिए भने प्रतिश जीसी र सुर्य तामाङले समान २—२ विकेट लिए । यस्तै, कुसल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले समान एक—एक विकेट लिएका थिए ।

७९ रन बनाएको ओमानका लागि अमनप्रित सिराह र जेल तानले समान १३–१३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअद्धि पलिहो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालको अग्रपङ्तीका ब्याट्सम्यानहरु सानो योगफलमा समेटिएपछि दबाबमा रहेको टोलीलाई कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ओमानसामू मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि २ सय २९ रन बनाउन कप्तान रोहित कुमार पौडेलले ७५ रन बनाएका थिए । उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै ओमानविरुद्ध लक्ष्य लम्बाएका थिए । उनले २३ बलमा ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरेका थिए ।
अर्का ब्याट्सम्यान भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाए ।

नेपालविरुद्ध ओमानका मुजहिर राजा, संजय रविन्द्र, जेल तान र अजाम अलिले समान दुई–दुई विकेट लिएका थिए ।

जारी प्रतियोगितामा तेस्रो जीतसँगै नेपाली टोली अंक तालिकामा ६ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको युएईको ८ अंक रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ५५ बजे

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ