बेपत्ता व्यक्तिको पहिचानमा सघाउन आयोगको अनुरोध « Khabarhub

बेपत्ता व्यक्तिको पहिचानमा सघाउन आयोगको अनुरोध


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा आयोगका आयुक्त डा. गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए ।

उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए ।

आयोगका सदस्य डा. अधिकारीले आयोगमा देशभरबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए ।

अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त डा. अधिकारीले जानकारी दिए । बाँकी रहेका अनुसन्धान सकेर मङ्सिरबाटै परिचय पत्र वितरण गर्ने कार्यको शुरुवात गरिने उनको भनाइ छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लामा सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका बारेमा कार्यसम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा प्रशासनबाट मात्रै काम गर्न समस्या रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ८ : ४२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा