चुनावी परिणाम आइरहँदा अमेरिकामा दैनिक संक्रमण वृद्धिमा कीर्तिमान | Khabarhub Khabarhub

चुनावी परिणाम आइरहँदा अमेरिकामा दैनिक संक्रमण वृद्धिमा कीर्तिमान


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा रहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ ।

राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम हुँदै गएको ।

त्यहाँ दुई दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

बिहीबार एकैदिन १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकामा शुक्रबार पनि एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ८९७ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९९ लाख १३ हजार २१५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ३५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३३ लाख ३७ हजार १६३ जनामध्ये १८ हजार ७४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार ९१० पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : १० बजे

वार्तामा बस्न सरकार एवं उद्योगीलाई परिसंघको आग्रह

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको