पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु दुःखद् : संयुक्त राष्ट्रसंघ | Khabarhub Khabarhub

पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु दुःखद् : संयुक्त राष्ट्रसंघ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोमा संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ ।

चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख व्यक्त गरेका बताइएको छ ।

अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए । गत वर्षदेखि उक्त सम्झौताबाट बाहिरिने निर्णय गर्दै आएको अमेरिका बुधबार औपचारिक रूपमा बाहिरिएको हो ।

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ गरेको थियो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँगै अमेरिकाले पनि सम्झौता गरेको थियो ।

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सो सम्झौताबाट बाहिरिएकोमा राष्ट्रसंघले दुःख व्यक्त गरेको बताइएको छ ।

यसअघि पनि सन् २०१५ देखि नै अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर, पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : २० बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि