जर्जियामा ट्रम्पले अग्रता गुमाए, बाइडेन विशाल जिततर्फ « Khabarhub

जर्जियामा ट्रम्पले अग्रता गुमाए, बाइडेन विशाल जिततर्फ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिमतर्फ जाँदा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प पराजित हुने सम्भावना बढेको छ।

उनले शुरुदेखि अग्रता लिइरहेको जर्जियामा मतगणना सकिनै लाग्दा अग्रता गुमाएका छन्।

१६ इलोक्टरल कलेज भोट रहेको जर्जीमा उनी विपक्षी उम्मेदवार जो बाइडेनभन्दा करिम १५ सय मतले पछाडी परेको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन्।

त्यहाँ करिब ९९ प्रतिशत मतगणना भइसकेको जनाइएको छ। जर्जियामा पछाडी परेसँगै ट्रम्प दोस्रो कार्यकालका लागि व्हाइट हाउस पुग्ने सम्भावना निकै कमजोर बनेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने कम्तिमा २७० इलेक्टोरल कलेज भोट मध्य बाइडेनले २६४ मा जित हात पारि सकेका छन्।

जर्जियामा जिते उनको इलेक्टोरल कलेज भोट संख्या २८० पुग्नेछ। बाइडेनले ६ इलेक्टोरल भोट रहेको नेभडामा पनि अग्रता बनाइरहेका छन् ।

अन्तिम मतपरिणाम आउन बाँकी राज्य मध्ये नेभडा (६) र जर्जिया (१६) माबाइडेनले अग्रता बनाएका छन् भने तीन राज्य पेन्सिल्भेनिया (२०), नर्थक्यारोलिना (१५) र अलास्का (३) मा ट्रम्पले अग्रता बनाएका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको