चालु आर्थिक वर्षको तीन महिनमा ७ अर्ब राजश्व संकलन  « Khabarhub

चालु आर्थिक वर्षको तीन महिनमा ७ अर्ब राजश्व संकलन 


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व संकलन गरेको छ ।

यस अवधिमा कार्यालयले रु १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको थियो ।

राजश्व सङ्कलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रु एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो भने चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा रु दुई अर्ब सात करोड ८७ लाख ६४ हजारले कम हो ।

भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार सङ्कलित राजश्वमा भन्सार महसुल आयाततर्फ रु तीन अर्ब १७ करोड दुई लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रु तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रु ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रु ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रु २७ करोड ६३ लाख, भन्सारको अन्य आय रु ९४ लाख ३६ हजार र पूर्वाधार कर रु १८ करोड १४ लाख ४० हजार छन् ।

कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : ११ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४