राष्ट्रपति भण्डारी र प्रम ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र प्रम ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् ।

आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका थिए ।

नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

हिउँदे वर्षाले जलमग्न रिङरोड क्षेत्र (तस्बिरहरू)

काठमाडौं– अहिले देशका विभिन्न भागमा पानी परिरहेको छ। पश्चिमी वायु

भारत र नेपालबीच नयाँ प्रसारण लाइनका लागि संयुक्त लगानी सम्झौता

काठमाडौं – नेपाल र भारतबीच दुई नयाँ अन्तरदेशीय ४०० केभी

‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी

एनपीएल र बजाज पल्सरबीच पार्टनरसिपको सम्झौता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 

सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध