काठमाडौं- जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनका मौसमको पूर्वानूमान गरेको छ । बुधबारदेखि शुक्रबारसम्म देशका पूर्वी तथा पहाडी जिल्लामा चट्याङ, मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ । तराईका जिल्लामा हावाहुरी सहित वर्षाहुने पूर्वानूमान गरेको छ ।
बैशाख ४ गते (बुधबार)
दिउँसोः देशैभर सामान्य देखि पूर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयांग तथा हुरी बताससहित हल्कादेखि मध्ययम वर्षारअसिना पानीको सम्भावना रहेको छ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
बुधबार रातिः देशैभरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्कादेखि मध्ययम वर्षारअसिना पानीको सम्भावना छ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
बैशाख ०५ गते (बिहिबार)
दिउँसोः देशै भरी आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशको पहाडी भेगमा आंशिक बदली रही देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
बैशाख ०६ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागहरुमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया