पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका | Khabarhub Khabarhub

पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।

कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म छ हजार ९७७ जनाको मृत्यु भएको छ । ती मध्ये नौ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख १८ हजार ८८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा १८ हजार ९८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन भने ती मध्ये ९७२ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसिओसी)ले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ ।

नयाँ निर्देशिका अनुसार बैबाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा छ फिट दूरी कायम गर्नुपर्ने, बैबाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राति १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ ।

सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने बैबाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दूरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ ।

बैबाहिक समारोहमा सहभागी हुने सवैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाईने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ ।

आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ४९ बजे

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काकोएंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक