चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक « Khabarhub

चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले निर्माण गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै ब्राजिलमा भइरहेको परीक्षण रोकिएको छ ।

चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोपको अन्तिम चरणको परीक्षण रोकिएको हो ।

साइनोभ्याकले भने खोपको सुरक्षा सम्बन्धी सबै मापदण्ड पूरा गरेकाले समस्या नहुने दाबी गरेका छन् ।

इन्डोनेशिया र टर्कीमा पनि भइरहेको यो खोपको असरबारे त्यहाँ अहिलेसम्म जानकारी दिइएको छैन  । इन्डोनेशियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको जानकारी दिएको थियो ।

२९ अक्टोबरबाटै परीक्षण रोकिएको भए पनि यो विषय भर्खरै सार्वजनिक भएको बीबीसीले जनाएको छ । ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार खोप लगाएका व्यक्तिको मृत्यु भएपछि परीक्षण रोकिएको हो ।

विदेशमा मात्र नभएर साइनोभ्याकको खोप, चीनमा पनि अन्तिम परीक्षणको चरणमा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : १५ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा