अमेरिकी विदेशमन्त्री पम्पेओद्वारा सोनाम ल्होसारको शुभकामना « Khabarhub

अमेरिकी विदेशमन्त्री पम्पेओद्वारा सोनाम ल्होसारको शुभकामना


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेशमन्त्री माइकल आर. पम्पेओले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् । अमेरिकी सरकारका तर्फबाट विदेशमन्त्री पम्पेओले नेपाललगायत, भुटान, भारत, चीनसहित विश्वभर सोनाम ल्होसार मनाइरहेका सबैलाई शुभकामना प्रदान गरेका हुन् ।

नेपालस्थित अमेरिकी दूतावासद्वारा जारी सन्देशमा भनिएको छ– ‘नयाँ वर्ष मनाउने क्रममा यस वर्ष तपाईँ, तपाईँका परिवार तथा तपाईँका समुदायहरू एक ठाउँमा भेला हुँदै गर्दा संयुक्त राज्य अमेरिका यहाँहरूको स्थिर साझेदार तथा मित्रका रूपमा रहिरहने विश्‍वास दिलाउन चाहन्छु ।’

फाइल तस्वीर, नेपालस्थित अमेरिकी दूतावास

यसैबीच भेनेजुएलाको विषयलाई लिएर अमेरिका र नेपालबीच सम्बन्ध चिसिएको चर्चा चलिरहँदा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्तरुपमा पर्यटक प्रहरी, अध्यागमन अधिकृत र पर्यटन क्षेत्रका अधिकारीहरुप्रति लक्षित अङ्ग्रेजी तथा कार्यसंचालन सीपसम्बन्धी श्रृङ्खलाबद्ध तालिमको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै राजदूत बेरीले नेपालको अर्थतन्त्र सबल बन्दै गइरहेको र मुलुकले बढीभन्दा बढी विदेशी आगन्तुक भित्र्याइरहेको अवस्थामा अग्रपङक्तिमा रहेकाहरुले अङ्ग्रेजीमा सञ्चार प्रवाह तथा समस्या समाधान गर्नसक्नु अति महत्त्वपूर्ण हुने बताए ।

काठमाडौं, पोखरा, चितवन, र लुम्बिनीमा सञ्चालन गरिने यस श्रृङ्खलाबद्ध तालिमबाट झन्डै १८० अध्यागमन अधिकृत, पर्यटन अधिकारी र पर्यटक प्रहरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : ५६ बजे

सुकुम्वासी प्रकरणमा खुश्वुको आक्रोश : गरिब मर्दा सरकारलाई मतलब हुँदो रहेनछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले प्रतिनिधिसभाको बैठकमा सुकुम्बासीमाथि

विद्यार्थी संगठन खारेजी रोक्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- विद्यार्थी संगठन खारेज गर्ने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयविरुद्ध

समृद्धि र सुशासनका लागि मतभेदभन्दा माथि उठ्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको

सरकारलाई हर्कको प्रश्न : सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रतिनिधिसभाको बैठकमा सरकारको नीति

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई