रोल्पामा खानेपानीको हाहाकार, एक गाग्री पानी भर्न रातभर जाग्राम | Khabarhub Khabarhub

रोल्पामा खानेपानीको हाहाकार, एक गाग्री पानी भर्न रातभर जाग्राम


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

  • एलबी मगर

रोल्पातत्कालिन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पाले धेरै नेतालाई सत्ताको बागडोमा पुर्‍यायो ।

तत्कालिन माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाटै चुनावमा विजयी पनि भए । उनी दुईपटक देशमा प्रधानमन्त्रीसमेत बने । अहिलेको मन्त्रिमण्डलमा पनि रोल्पाबाट सांसद बनेका वर्षमान पुन उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री रहेका छन् ।

आफैंले जिताएर पठाएका नेता मन्त्री बन्दासमेत रोल्पाबासीको समस्या समाधान हुन सकेको छैन ।

लामो समयदेखि खानेपानी अभावको सामना गरिरहेको रोल्पाको होलेरीमा यो समस्या झन् विकराल बनेको छ । बजारमा खानेपानीको अभाव हुँदा बजारबासी एक गाग्रो पानीका लागि पालो कुर्न रातभर जागराम बस्न बाध्य भएका छन् ।

रातभर जाग्राम नबसे प्रतिलिटर एक रुपैयाँका दरले पानी किनर खानुपर्ने बाध्यता रहेको रुन्टिगढी होटेल व्यवसायी संघका अध्यक्ष दिल बहादुर बस्नेतले गुनासो पोखे । ‘बजार भरी दुई शयभन्दा बढी खानेपानीका उपभोक्ता छन्, प्रत्येक उपभोक्तालाई एकदिन बिराएर सोह्र (१६) मिनेटका दरले पानीको पालो पर्छ’ उनले भने, ‘पालो कुर्दा कहिले त बिहानको ३ पनि बज्छ । पालो नकुर्दा अर्काले मिचिदिन्छ ।’

खानेपानीको समस्याका बारेमा सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो स्थानीयबासीहरुको रहेको छ ।

देश संघीयतामा गएपछि गाउँगाउँमा सिंहदरबार आउने र जनप्रतिनिधिले समस्या समाधान गर्ने आशा बोकेका स्थानीय यतिबेला निराश बनेका छन् । किनकी जनतालाई खानेपानीको प्रवन्ध गर्ने आशा गरिएको गाउँपालिका आफैं प्रतिलिटर एक रुपैयाँको पानी किनेर गाउँपालिकाको भनव बनाइरहेको छ ।

बजार नजिकै रहेको गढिलेक जङ्गलमा रहेका पानीको मुहानबाट पानी संकलन गरि जेनतेन खानेपानीको गुजारा हुँदै आएको भएपनि हिउँदमा पानीको मुहान सुक्न थाल्ने भएपछि बजारमा पानीको समस्या अझै बढ्ने गरेको स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल बस्नेतले बताए ।

रुन्टिगढि गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने खानेपानीको समस्या समाधानका लागि आफूले पहल गरिरहेको दाबी गर्छन् ।

‘बजारमा खानेपानीको समस्या समाधान गर्न हामीले पहल गरिरहेका छौं अब चाडै समाधान हुन्छ’ उनले भने ।

बजारमा खानेपानीको सुबिधा पुर्याउनका लागि काम गर्दै आएको होलेरी बजार खानेपानी उपभोक्ता समितिले द्रुत गतिमा काम नगर्दा बजारमा बजारमा खानेपानीको समस्या ज्यूँका त्यूँ रहेको स्थानीयको गुनासो रहेको छ । तर उपभोक्ता समितिका अध्यक्ष गोविन्द पुनले भने एक वर्ष भित्र बजारमा खानेपानीको सुबिधा पुग्ने गरि समितिले काम गरिरहेको दावी गरे ।

रोल्पाको मात्र नभइ समग्र देशको मुहार फेर्ने र जनताले सहज जीवनयापन गर्न पाउने आश्वासन दिने गरेका नेताले आफ्ना समस्या समाधान तर्फ ध्यान नदिएको गुनासो होलेरिवासीको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ३० बजे

शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको

सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो- गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा

इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते

काठमाडौं– इरानमा विशाल विस्फोटन भएको छ । दक्षिण इरानको बन्दरगाह