अन्ततः यसरी बन्द भयो भारतमा टिकटक | Khabarhub Khabarhub

अन्ततः यसरी बन्द भयो भारतमा टिकटक


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चिनियाँ भिडियो शेयरिङ साइट टिकटकलाई एप्पल र गुगलले भारतमा उपलब्ध नहुने गरी हटाएका छन् । तामिल नाडुको मद्रास उच्च अदालतको आदेशपछि एप्पल र गुगलले टिकटकमाथि भारतमा प्रतिबन्ध लगाएका हुन् ।

यसअनुसार गुगलले आफ्नो प्लेस्टोरबाट तथा एप्पलले एपस्टोरबाट भारतका लागि टिकटकलाई ब्लक गरेका छन् ।

टिकटकको निमार्ता चिनियाँ कम्पनी बाइटडान्सले प्रतिबन्धमाथि पुनर्विचार गर्न गरेको अपिल उच्च अदालतले खारेज गरेपछि त्यहाँको दूरसञ्चार निकायले गुगल र एप्पललाई भारतमा टिकटकलाई प्रतिबन्ध लगाउन पत्राचार गरेको बताइएको छ ।

त्यसपछि दुबै कम्पनीले टिकटकलाई भारतमा ब्लक गरेका हुन् । यद्यपि यसअघि इन्स्टल भइसकेका टिकटक एप्लिकेसन भने चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टिकटकले अश्लील सामग्री फैलाएको भन्दै अदालतमा मुद्धा दायर गरिएको थियो । त्यसपछि अदालतले टिकटकलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

भारतमा टिकटकका १२ करोड भन्दा धेरै प्रयोगकर्ता रहेको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : ०३ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र