फिफा विश्वकप छनोट : स्वारेजको गोलमा उरूग्वको सहज जित « Khabarhub

फिफा विश्वकप छनोट : स्वारेजको गोलमा उरूग्वको सहज जित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप फुटबल छनोट खेलमा उरुग्वेले कोलम्बियालाई सहजै पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियामा भएको खेलमा उरुग्वेका लागि एडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएको खेलमा बाँकी दुई गोल दोस्रो हाफमा भयो।

५४औँ मिनेटमा स्वारेजले गोल गर्दै उरुग्वेलाई २-० को अग्रता दिलाए।

७३औँ मिनेटमा डार्विनले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाए ।

९०औँ मिनेटमा यरी मिनाले रातो कार्ड पाएपछि खेलको अन्तिम केहि मिनेट कोलम्बिया १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । उरुग्वेले ३ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : १४ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर