दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु « Khabarhub

दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा गत शुक्रबार घाइते भएकी उदयपुर बेल्टारकी १८ वर्षीया विद्या कटवालको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

सो दुर्घटनामा विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको गत शुक्रबार नै मृत्यु भएको थियो ।

अटो चालक विराटनगर – १३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ घाइते छन् ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले दुई युवती सवार को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : १२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार