हेलो नेपालको टावरमा आगजनी | Khabarhub Khabarhub

हेलो नेपालको टावरमा आगजनी


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ ।

धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ ।

आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १२ : ५० बजे

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी–  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा – पोखरा रंगशालामा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२५ मनाइएको