कोरोना संक्रमित डा. केसीले भने : सरकारले मेरो उपचार गर्नु पर्दैन, आफैं गर्छु « Khabarhub

कोरोना संक्रमित डा. केसीले भने : सरकारले मेरो उपचार गर्नु पर्दैन, आफैं गर्छु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमित डा. गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् ।

उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए ।

तर, डा. केसीले यसलाई अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि दिएको शुभकामनालाई धन्यवाद दिँदै उनले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक भएको भन्दै विपन्न नागरिकको खर्च व्यहोर्न सरकार लाग्नु पर्ने बताएका छन् ।

डा. केसीले १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र पालना गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ८ : २३ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा