पटका पड्काउँदा लागेको आगलागीबाट दुई घर जले, लाखौंको क्षति « Khabarhub

पटका पड्काउँदा लागेको आगलागीबाट दुई घर जले, लाखौंको क्षति


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम – पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ ।

स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ०७ बजे

‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ