अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानको हत्या गरी सत्ता हातमा लिने प्रयास « Khabarhub

अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानको हत्या गरी सत्ता हातमा लिने प्रयास


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको हत्याको प्रयास गरिएको छ । अर्मेनिया पूर्व अधिकारीहरुको समूहले पाशिन्यानको हत्या गर्ने र शक्ति आफ्नो हातमा लिने प्रयास गरेको अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिस (एनएसएस)ले दाबी गरेको छ ।

अर्मेनियामा गत मंगलबारदेखि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै हजारौंले प्रदर्शन गरिरहेका छन् ।

अजरबैजानसँगको विवादित भूमि नागोर्नो काराबखबारे जारी युद्धपछि भएको युद्धविराम सम्झौतामा आपत्ति जनाउँदै प्रदर्शनकारीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । ६ सातासम्म चलेको उक्त युद्धमा अर्मेनियाले उक्त विवादित भूमिको केही स्थानको नियन्त्रण गुमाएको बताइएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्व प्रमुख अर्टुर वनेत्स्यानसहित तीनजनालाई नियन्त्रणमा लिइएको एनएसएसले बताएको छ । पक्राउ गरिएकाहरुले पाशिन्यानको हत्या गर्ने प्रयास गरेको र शक्ति आफ्नो हातमा लिने दाउ रहेको एनएसएसले जनाएको छ ।

गत साता पाशिन्यानले आफ्नो नियन्त्रणमा रहेका अझै अरु भूमिहरु नगुमाउन आफूसँग रुसले गराएको यो सम्झौतामा हस्ताक्षर गरेको बताएका थिए ।

नागोर्नो काराबख अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भूमि भए पनि यो क्षेत्रमा अर्मेनियाको नियन्त्रण रहँदै आएको छ । उक्त विवादित क्षेत्रमा यतिबेला दुई हजार रुसी शान्ति सेना परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ३८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम