नवीकरण नगरिएका चार उद्योग खारेज « Khabarhub

नवीकरण नगरिएका चार उद्योग खारेज


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ ।

लामो समयसम्म नवीकरण तथा सञ्चालन नगर्ने उद्योगलाई चालुआर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तोपलाल भुषालले उद्योग दर्ता गरेको धेरै समय तथा सञ्चालन समेत नगरेका उद्योगलाई खारेज गरिएको जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएको छन् ।

एकसय तीस उद्योग नवीकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ११ वटा उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएको थियो भने २३७ वटा उद्योगको नवीकरण भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा ६ वटा उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा ४६८ वटा नयाँ उद्योग दर्ता भएको र २७० वटा उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १० वटा उद्योग खारेज गरेको थियो ।

२७६ वटा नयाँ उद्योग दर्ता र १६४ वटा उद्योग नवीकरण भएको कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३/२०७४ मा आठ उद्योग खारेज भएको थियो । सो आर्थिक वर्षमा २०९ वटा नयाँ उद्योग दर्ता भएको र १७३ उद्योगको नवीकरण भएको थियो ।

त्यस्तै वाणिज्यतर्फ चालुआवको चार महिनाको अवधिमा १२ वटा वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएको र २१६ वटाको नीवकरण भएको छ । अघिल्लो आवमा २५ वाणिज्य दर्ता खारेज भएको जनाइएको छ । यसैगरी ७६२ वटा नयाँ दर्ता र ३२० को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५/२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ४१४ नयाँ वाणिज्य दर्ता र ४५८ को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा ३१ वाणिज्य दर्ता खारेज भएको थियो भने, २१० नयाँ दर्ता र २६४ को नवीरण भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७३/२०७४ मा भने एक वटा वाणिज्य दर्ता पनि खारेज नभएको कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो । सो आर्थिक वर्षमा २२७ नयाँ वाणिज्य दर्ता र २८६ वटाको नवीकरण भएको थियो ।

चालुआवको हालसम्म दर्ता खारेज भएका सबै उद्योग तथा वाणिज्य कोभिडले सञ्चालनमा समस्या आएकाले सञ्चालन गर्न नसकेको जनाइएको छ । सोही समस्याले नवीकरण गर्न नआएको उनीहरुको भनाई रहेको घरेलु कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ४८ बजे

गैँडाकोट मेयर कप टी–२० प्रतियोगिता : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश खेल्दै

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र