के छठपछि काठमाडौं उपत्यकामा ‘लकडाउन’ होला ? « Khabarhub

के छठपछि काठमाडौं उपत्यकामा ‘लकडाउन’ होला ?


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

जाडोयाम शुरु हुनै लाग्दा कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने भएकाले पनि सरोकारवालाहरुले कोरोनाको दोस्रो लहर शुरु हुनसक्ने र काठमाडौं उपत्यकामा थप महामारी फैलिन सक्ने बताएका छन् ।

केही साताअघि काठमाडौंका मेयरहरुले छठपछि काठमाडौं उपत्यकाकामा दुई साता कडा लकडाउन गर्न सिफारिस गरेका थिए ।

मेयरहरुले दुई हप्तामा कोरोना भाइरसका संक्रमित आफै निको हुने र थप व्यक्तिमा फैलिन पनि नसक्ने भएकाले लकडाउन गर्न सुझाव दिएका थिए ।

तर, काठमाडौंमा अब लकडाउन गर्दैमा केही नहुने कतिपयको धारणा छ । गृह मन्त्रालयका प्रवक्ताले भने अब काठमाडौंमा लकडाउन गर्ने सम्भावना नभएको बीबीसीलाई बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापा भने काठमाडौंमा दुई हप्ता लकडाउन गर्ने कुरामा सकारात्मक भएको बताइएको छ ।

काठमाडौं उपत्यकामा संक्रमण दर बढ्दो रहेको भन्दै यसअघि पनि २५ हजार संक्रमित पुगेको खण्डमा लकडाउन गर्न सकिने सुझाव आएको थियो ।

गतहप्ता कोभिड–१९ संकट व्यवस्थान सञ्चालन केन्द्र (सीसीएमसी) को निर्देशक समितिसँग उपत्यकाका सबै मेयरले छठ सकिएपछि लकडाउन गर्न माग दिएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने लकडाउन गर्दैमा स्थिति सहज नहुने र अब लकडाउनको सम्भावना नरहेको बताएका छन् ।

उनले यसअघि पनि लकडाउन भएको र अब फेरि लकडाउन गर्दैमा कोरोनाको भ्याक्सिन नआउने भएकाले लकडाउन नहुने बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ३ : ५८ बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच