काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी डिस्चार्ज भएका छन्।
अघिल्लो मंगलबार राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले आज डिस्चार्ज गरेको हो।
पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।
उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो।
मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया