वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि « Khabarhub

वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिए ।

पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुगेका थिए। श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । पशुपति आर्यघाट लैजानुअघि श्रेष्ठको पार्थीव शरीर भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

सन् १९५९ अगस्तमा जन्मिएका श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए ।

राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब र प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत उनले योगदान पुर्‍याएका थिए ।

श्रेष्ठ नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकारसमेत रहेका थिए । उनी फुटबलको राष्ट्रिय खेलाडीसमेत थिए। प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवापदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित श्रेष्ठ पत्रकारिताका प्रशिक्षकसमेत थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ५१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै