वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिए ।

पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुगेका थिए। श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । पशुपति आर्यघाट लैजानुअघि श्रेष्ठको पार्थीव शरीर भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

सन् १९५९ अगस्तमा जन्मिएका श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए ।

राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब र प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत उनले योगदान पुर्‍याएका थिए ।

श्रेष्ठ नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकारसमेत रहेका थिए । उनी फुटबलको राष्ट्रिय खेलाडीसमेत थिए। प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवापदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित श्रेष्ठ पत्रकारिताका प्रशिक्षकसमेत थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ५१ बजे

सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

काठमाडौँ – सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको

लोकतान्त्रिक शासन प्रणालीमा न्यायालय

लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र, निष्पक्ष र विश्वसनीय न्याय व्यवस्था हो। जब

सबैलाई चकित पार्दै जी–७ सम्मेलन छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई

दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता हो : प्रवक्ता महत

गलकोट– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो

इजरायली हमलामा परी दुई इरानी सञ्चारकर्मी मारिए

तेहरान- इरानी राज्य प्रसारक टेलिभिजन आईआरआईबीमा इजरायलले गरेको आक्रमणमा दुई