विश्वकप फुटबल छनोट खेलमा ब्राजिल विजयी « Khabarhub

विश्वकप फुटबल छनोट खेलमा ब्राजिल विजयी


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप छनोट खेलमा ब्राजिल विजयी भएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोलले पराजित गरेको हो ।

उरुग्वेको घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।

३४औँ मिनेटमा अर्थरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

४५औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलका लागि दोस्रो गोल गरे । यसपछि दुबै टोलीबाट गोल भएन ।

जितसँगै शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ । उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ५५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी