लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन « Khabarhub

लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इञ्चार्ज इमनाथ अधिकारीले जानकारी दिए ।

तीन जनाको ज्यान जाने गरी आइतबार समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना भएको भोलिपल्टै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानविन समिति गठन गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली संयोजकत्वको तीन सदस्यीय टोली बुधबार स्थलगत अध्ययनपछि काठमाडौं फर्किएको छ ।

छानविन समितिको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, तारा एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डङ्गोल र नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ रहेका छन् ।

लुक्लाबाट रामेछापको मन्थलीबाट पर्यटक लिन उडेको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि टोलीले बुझाएको प्रतिवेदनपछि सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

उक्त दुर्घटनामा परी विमानका सहचालक सुजीत ढुङ्गाना, सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । खड्का र ढुङ्गानाको घटनास्थलमै तथा श्रेष्ठको काठमाडौँ उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : २५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००