‘नेपाली स्याट–१’ को विहीबार सबेरै प्रक्षेपण हुँदै, यहाँ हेर्न मिल्छ प्रत्यक्ष प्रसारण « Khabarhub

‘नेपाली स्याट–१’ को विहीबार सबेरै प्रक्षेपण हुँदै, यहाँ हेर्न मिल्छ प्रत्यक्ष प्रसारण


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विहीबार नेपालको पहिलो भू उपग्रह प्रक्षेपण गरिँदैछ । बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अमेरिकाको भिर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट अन्तरिक्षतर्फ प्रक्षेपण हुनेछ ।

नेपाली स्याट–१ नामक भू उपग्रहको प्रक्षेपणको अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिष्ट्रेसन नासाले आफ्नो साइटबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

नार्थट्रोप ग्रुमान सिग्नस नामक मालवाहक अन्तरिक्ष यानबाट प्रक्षेपण हुने नेपाली भूउपग्रह १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाईको तथा केबल १.३३ किलोग्राम वजनको रहेको छ ।

यो भू उपग्रह जापानको क्युसु इन्सटिच्युट अफ टेक्नोलोजी अन्तर्गतको बड्र्स परियोजनामार्फत निर्माण भएको हो भने यसको सबै खर्च नेपाली सरकारले व्यहोरेको बताइन्छ ।

नेपाली भूउपग्रहसँगै सोही अन्तरिक्ष यानमा जापानी तथा श्रीलंकाली भू उपग्रह समेत प्रक्षेपण हुने जनाइएको छ ।

नेपाली भू उपग्रह केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिने छ । नेपाली भू उपग्रह त्यसपछि पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको निम्नतहमा रहने छ ।

योसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मूलुकमा सूचिकृत भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले खुसी व्यक्त गरेका छन् ।

 

लाइभ यहाँ पनि उपलब्ध हुनेछ

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १० : ०४ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै