तमोर–मेवा जलविद्युत् आयोजना बन्ने « Khabarhub

तमोर–मेवा जलविद्युत् आयोजना बन्ने


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई  स्वीकृति दिएको जनाइएको छ ।

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवर्द्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । काम शुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए ।

नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ ।

फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् ।

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १ : २१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको