विप्लवको बन्द, प्रभाव कम « Khabarhub

विप्लवको बन्द, प्रभाव कम


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा कम देखिएको छ । बिहानैदेखि निर्वाध रुपमा सवारी सञ्चालनमा आएका छन् । बन्द विफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने, चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

जताततै शंकास्पद वस्तु फेला

काठमाडौं उपत्यकामा बन्दको प्रभाव कम परेपनि ठाउँठाउँमा भेटिएका शंकास्पद बस्तु तथा बमका कारण सर्वसाधारण त्रसित भएका छन् ।
विभिन्न ठाउँमा भेटिएका शंकास्पद बस्तु तथा बम कसले राखेको भन्ने यकिन नभएपनि नेपाल प्रहरीले आज बन्द आह्वान गरेको विप्लव समूहले नै बम राखेको हुनसक्ने दाबी गर्दै आएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहोसमेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले जानकारी दिए ।

राति साढे १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् । मोटरसाइकलको टायरमा बनाइएको सुतली बम पड्काएरको प्रराम्भीक अनुसन्धानबाट खुलेको छ भने शंकास्पद एक जनालाई प्रकाऊ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध भएको छ।

घटनास्थललाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ भने शंकास्पद वस्तु डिस्फोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।

दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

बन्दका कारण सवारी साधन छिटफुट संचालनमा भए पनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ ।

बन्दका कारण बजार सुनसान देखिएको छ । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए ।

पोखराका दुई ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् । गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ ।

पोखरा ३ नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

त्यस्तै पोखरा ५ जिरोकिलो नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । विप्लव माओवादीको बन्दका क्रममा उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको भनाई छ ।

काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा भेटिएको शंकास्पद नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ०३ बजे

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ