चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणप्रति भारतको असन्तुष्टि « Khabarhub

चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणप्रति भारतको असन्तुष्टि


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ रक्षामन्त्री वेई फेङहेको आसन्न नेपाल भ्रमणप्रति छिमेकी राष्ट्र भारतले असन्तुष्टि जनाएको छ ।

रक्षामन्त्री फेङहे आइतबार एकदिने नेपाल भ्रमणका लागि आउँदैछन् । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको विषयलाई लिएर नेपालका लागि भारतका पूर्वराजदूत रंजित रेले असन्तुष्टि जनाएका छन् ।

एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसनले सोमबार गरेको नेपाल–भारत सम्बन्ध विषयको सेमिनारमा पूर्वराजदूत रेले नेपालले भारतीय सेना प्रमुखको भ्रमणलगत्तै सन्तुलन मिलाएर चिनियाँ रक्षामन्त्रीलाई आमन्त्रण गरेजस्तो देखिए पनि त्यो अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।

भारतीय विदेश सचिवको भ्रमण हुनासाथ चिनियाँ रक्षामन्त्रीलाई बोलाएर भारतको संवदेनशीलताप्रति नेपाललाई कुनै प्रकारको चिन्ता नभएको सन्देश दिन खोजिएको रेको बुझाइ छ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला फर्केको दुई दिनपछि अर्थात मंसिर १४ गते आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको नेपाल भ्रमण हुँदैछ । तीन वर्षमै चिनियाँ रक्षामन्त्रीको दोस्रो पटक नेपाल भ्रमण हुनु त्यति सामान्य नभएको रेको तर्क छ ।

रेका अनुसार नेपाल भारत सीमा विवादका विषयमा विदेश सचिवस्तरमा वार्ता गर्नुपर्छ । तर त्यसबारे नेपालले संविधान संशोधन गरिसकेकाले समस्या भएको रेले बताएका छन् ।

सिफारिस भएका विषयमा सरकारले निर्णय गर्ने भनेर स्पष्ट पारिएकाले इपीजीको प्रतिवेदनले गरेका सिफारिसहरु कार्यान्वयन गर्न बाध्यकारी नभएको रेले बताएका छन ।

इपीजीको प्रतिवेदनमा भएका समस्याबारे अब भारतले विदेश सचिवको भ्रमणका बेला स्पष्ट बोल्ने उनको अनुमान छ । सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्न सचिवस्तरको समिति निर्माण गरिएको र त्यसमा भारत खुला रहेको पूर्वराजदूत रेले बताएका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : ३५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।