ओलम्पिकको तयारीमा रहेका कराते खेलाडीलाई खेल सामग्री हस्तान्तरण « Khabarhub

ओलम्पिकको तयारीमा रहेका कराते खेलाडीलाई खेल सामग्री हस्तान्तरण


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोकियो ओलम्पिकको तयारीमा रहेका कराते टोलीलाई मंगलबार खेल सामग्री प्रदान गरिएको छ ।

२ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरे ।

ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामग्री प्रदान गरे ।

त्यस्तै आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे ।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराए ।

कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ५ : ४८ बजे

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको